खप्तड लघुवित्तको आइपीओमा साढे १८ लाखको आवेदन

जनसम्मत
भाद्र १३, २०७९, सोमबार

खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) मा १८ लाख ५० हजार १ सय ३२ जनाले २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन्।

संस्थाले भदौ ८ गतेदेखि १२ गतेसम्म निष्काशन खुला गरेको थियो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ जारी गरेको थियो।

कूल निष्काशनमध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो।

सर्वसाधारणका लागि छुट्याएको १ लाख २३ हजार ४ सय कित्ता आइपीओ १२ हजार ३ सय ४० जनाले मात्रै १०/१० कित्ताका दरले पाउने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ।

हाल, कम्पनीको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ। आइपीओ बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ।