३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

जनसम्मत
भाद्र १४, २०७९, मंगलवार

आज (मंगलबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

तीजको दिन मंगलबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि, सोमबार छापावाल सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ। सोमबार तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण गरिएको थियो।

मंगलबार चाँदीको मूल्य भने स्थिर छ। मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।