२.३३ अंकले नेप्से परिसूचक बढ्यो, कारोबार रकम घट्यो

जनसम्मत
भाद्र १४, २०७९, मंगलवार

आज (मंगलबार) नेप्से परिसूचक २.३३ अंकले बढेको छ।

तर, कारोबार रकम भने घटेको छ।v

गत दिन (सोमबार) को कारोबार १ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँले घटेको हो।v

आज २२६ धितोपत्रको २९ लाख १४ हजार ५०५ कित्ता सेयर १ अर्ब १ करोडमा खरिद–बिक्री भएको छ। नेप्से परिसूचक १९९५.३४ विन्दुमा रोकिएको छ। गत दिन (सोमबार) को कारोबार तुलनामा सेन्सेटिभ इन्डेक्स ०.३८ प्रतिशतले वृद्धि भएको छ। आज सेन्सेटिभ इन्डेक्स १.४९ अंक बढेर ३८८.९५ विन्दु कायम भएको छ।v

आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.४५ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ३८५ रुपैयाँमा कारोबार भएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.७७ प्रतिशत घटेर ९९९ रुपैयाँमा करोबार भएको छ।v

सर्वाधिक रकमको सेयर खरिद–बिक्री नेपाल टेलिकमको भएको छ। यो कम्पनीको ९ करोड ५७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो। आज कुल बजार पुँजीकरण २८ खर्ब ६० अर्ब रहेको छ। हिजोको तुलनामा बजार पुँजीकरण करिब चार अर्ब बढेको हो।

आज कारोबारमा आएको १३ समूहमध्ये ६ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ। सर्वाधिक परिसूचक बढ्नेमा ‘अन्य’ समूह रहेको छ। यो समूहको परिसूचक २.२९ प्रतिशतले बढेको छ। त्यस्तै, सर्वाधिक परिसूचक हाइड्रोपावर समूहको ०.७८ प्रतिशत घटेको छ।