नेपालको टी–२० वरीयता फेरी खस्कियो

जनसम्मत
भाद्र १४, २०७९, मंगलवार

नेपाली क्रिकेट टिम आइसीसीको टी–२० वरीयतामा एक स्थान तल झरेको छ।

आइसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान खस्किँदै १५ औँ स्थानमा झरेको हो।

नेपाल वरीयता क्रममा तल झरेसँगै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सोझै छनोट हुने संभावना पनि निकै कमजोर बनेको छ। सो खेलमा १२ देश सोझै प्रतियोगिता छनोट हुनेछन्।

केही दिनयता नेपाली राष्ट्रिय टिम टी–२० र एक दिवसीय शृंखलाका लागि केन्या भ्रमणमा छ। नेपालले केन्यासँग ५ वटा टी–२० खेल खेल्ने तालिका छ।

वरीयता खस्किएसँगै नेपालको सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टी–२० विश्वकपमा सोझै छनोट हुने सम्भवना समेत कमजोर बनेको छ। आइसीसीले वरीयताको शीर्ष १२ मा रहने टोलीलाई सोझै विश्वकपमा सहभागिता गराउँछ।

नेपाल एकदिवसीय वरीयतामा १९ औं स्थानमा छ। टी–२० को शीर्षस्थानमा भारत छ। इङ्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ।