एन्फालाई एएफसीले तोक्यो ७ हजार डलर जरिवाना

जनसम्मत
भाद्र १४, २०७९, मंगलवार

एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर (करिव नौ लाख रुपियाँ) जरिवाना गरेको छ।

गत असारमा कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नियमविपरित काम गरेको भन्दै एएफसीले नेपाललाई जरिवाना गरेको हो।

एएफसीको अनुशासन तथा इथिक कमिटीले एसियन कप छनोट अन्तर्गत इन्डोनेसियाविरुद्धको खेलमा प्रतिबन्ध गरिएका प्रशिक्षक अलमुताइरी खेलअघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्डसहित मैदान प्रवेश गरेको भन्दै ६ हजार डलर र इन्डोनेसियाविरुद्धकै खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई १ हजार जरिवाना गरिएको एएफसीले जनाएको छ।

एएफसीले जरिवानाको २५ प्रतिशत रकम ९० दिन र बाँकी रकम दुुई वर्षभित्र तिर्न एन्फालाई समय सीमा तोकेको छ। एएफसीले आगामी दिनमा यस्ता घटना दोहो¥याएमा कडा कारबाही गरिने भन्दै एन्फालाई सचेत पनि गराएको छ।