टी–२० विश्वकपको ट्रफी चन्द्रागिरीमा

जनसम्मत
भाद्र १४, २०७९, मंगलवार

यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफीलाई चन्द्रागिरीमा प्रदर्शन गरिएको छ।

विश्वकप ट्रफीलाई आज (मंगलबार) विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा लगिने योजना भएपनि प्रतिकुल मौसमका कारण मंगलबार आधार शिविरमा भने लग्न सकेन।

मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी योजना रहेको थियो। बुधबार बिहान भक्तपुर दरबार स्क्वायर ट्रफी प्रदर्शनीमा राख्ने योजना छ।

‘ट्रफी टुर’ अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको हो। टी–२० विश्वकप ट्रफीलाई विश्वका विभिन्न मुलुकको भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो।

गत जुलाईमा अस्ट्रेलियाको मेलबर्नमा सय दिने काउन्टडाउनसँगै ट्रफी टुरको शुभारम्भ गरिएको थियो।