८ सयले घट्यो सुनको मूल्य

जनसम्मत
भाद्र १५, २०७९, बुधबार

नेपाली सुनचाँदी बजारमा आज (बुधबार) सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९४ हजार र तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो।

अघिल्लो दिन (मंगलबार) भने छापावाल सुन ९४ हजार ८ सय, तेजाबी सुन ९४ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि आज १५ रुपैयाँले घटेको छ। चाँदीको पनि मूल्य घटेर प्रतितोला १ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

उता, अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। गोल्डप्राइस डट ओआरजीका अनुसार आज सुन प्रतिऔँस १.९३ मूल्य कायम छ।