२२ अंकले घट्यो नेप्से परिसूचक

जनसम्मत
भाद्र १५, २०७९, बुधबार

नेप्से परिसूचक आज (बुधबार) को कारोबारमा २२ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से परिसूचक २१.९७ अंक घटेको हो।

अघिल्लो दिन (मंगलबार) सामान्य उकालो लागेको बजार बुधबारको कारोबारमा भने १.१० प्रतिशतले ओरालो लाग्दा समग्र बजार परिसूचक १९७३.३८ मा झरेको छ।

‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ४.३६ अंक घटेर ३८४.५९ मा झरेको छ। २२ अंकले बजार घट्दा आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८ सय ६२ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। २२४ कम्पनीको २९ लाख ९२ हजार ८ सय ७३ कित्ता सेयर २९ हजार ५ सय ८४ पटकमा खरिद बिक्री भएको छ।

बजार घट्दा उपसमूह पनि राताम्मे देखिएका छन्। सबैभन्दा धेरै फाइनान्स समूह २.४२ प्रतिशतले घटेको छ। घट्दो बजारमा पनि बुधबार १५ कम्पनीका सेयर उकालो लागेको छ भने १ सय ६८ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।