श्रृजनशील लघुवित्तको आइपीओ खुल्यो

जनसम्मत
भाद्र १५, २०७९, बुधबार

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) खुला गरेको छ।

लघुवित्तले बुधबारदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयर सर्वसाधारणका लागि ल्याइएको हो।

लघुवित्तको आइपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता अर्थात १० हजार रुपैयाँसम्मको लागि आवेदन दिन सकिनेछ।

यस आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडले ‘केयरनपी डबल बी माइनस इन्युअर’ रेटिङ
प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

भदौ १९ गतेसम्म आवेदन दिन सकिने भएपनि त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ २९ गतेसम्म म्याद थप हुनेछ।