टी–२० वरीयतामा नेपाल अझ एक स्थान तल खस्कियो

जनसम्मत
भाद्र १५, २०७९, बुधबार

टी–२० अन्तरराष्ट्रिय क्रिकेट वरीयतामा नेपाल अझ एक स्थान तल झरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आज (बुधबार) सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो।

यसअघि, नेपाल १५ औँ स्थानमा थियो। एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा छ।

केन्याविरुद्धको ५ खेलको टी–२० श्रृंखलाको उपाधि वितेता भएपनि नेपालको वरीयता भने खस्कियो। मंगलबार मात्रै सम्पन्न उक्त श्रृंखला नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो। अब नेपालले केन्याविरुद्ध ३ एक दिवसीय श्रृंखला खेल्नेछ। उक्त खेल यही भदौ १७ गतेदेखि सुरु हुनेछ।

टी–२० को नयाँ वरीयतामा भारत शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो तथा पाकिस्तान तेस्रो स्थानमा छ। यसैगरी, दक्षिण अफ्रीका चौंथो, न्युजिल्यान्ड पाँचौं, अस्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दसौँ स्थानमा छन्।