कास्कीबाट काँग्रेस महामन्त्री गगन थापाको उम्मेदवार बन्ने चर्चा

जनसम्मत
भाद्र १५, २०७९, बुधबार

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेसका महामन्त्री गगन थापाको सिफारिसमा परेका छन्।

नेपाली काँग्रेस कास्कीका नेता तथा कार्यकर्ताको आग्रहमा प्रतिनिधिसभा सदस्यमा थापाको नाम सिफारिस गरिएको हो। कास्की काँग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिको बैठकले थापाको नामसमेत सिफारिस गरेको हो। कास्की काँग्रेसका सचिव भानु ढकाल भानु ढकालमार्फत थापाले त्यस क्षेत्रमा प्रत्यक्ष तर्फको उम्मेदवार बन्न सिफारिशका लागि निबेदन दर्ता गराएका हुन्।

त्यसैगरि, कास्की क्षेत्र नं १ बाटै पार्टीका सहमहामन्त्री जीवन परियारको समेत नाम सिफारिस भएको छ।

केन्द्रीय सदस्य गुरु बराल पुर्वमन्त्री यज्ञबहादुर थापा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल पुर्व जिल्ला सभापति कृष्ण केसीलगायत १७ जनाले कास्की क्षेत्र नम्बर १ बाट संघीय संसद्को सांसद पदको उम्मेदवार बन्नका लागि इच्छा प्रकट गर्दै पार्टीमा निवेदन दर्ता गराएका छन्।