मिडिया काउन्सिल विधेयक प्रस्तुत

जनसम्मत
भाद्र १७, २०७९, शुक्रबार

मिडिया काउन्सिल विधेयक प्रस्तुत भएको छ।

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक प्रस्तुत गरेका हुन्।

सञ्चारमन्त्री कार्कीले विधेयक प्रस्तुत गर्दै अब पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित नबन्ने उल्लेख गरेका छन्।

साथै उनले विधेयक पास भएर कानुन बनेपछि पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित हुनुनपर्ने, अवस्था नआउने दावी समेत गरे।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पारित भएपछि सञ्चारसँग सम्बन्धित विवाद र गुनासाहरुलाई स्वनियम प्रणालीद्धारा समाधान गर्न सकिने सूचना तथा सञ्चारमन्त्री कार्कीको भनाई छ।

विधेयकमाथि प्रतिनिधिसभामा शुक्रबार भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सो कुरा बताएका हुन्।