१०० रुपैयाँले घट्यो सुनको मूल्य

जनसम्मत
भाद्र १७, २०७९, शुक्रबार

नेपाली बजारमा सुनको भाउ तोलामा आज (शुक्रबार) एक सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको मुल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।