आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

जनसम्मत
भाद्र १७, २०७९, शुक्रबार

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन्।

निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा अन्तिममा ६८ दल कायम भएका हुन्।

आयोगले ती दलको दर्ता नंम्बर, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ। सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ।

यस्तै, नेपाली कांग्रेसको रुख –१५, नेकपा (एमाले)को सूर्य –२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हँसिया हथौडा –६० औँ क्रममा रहको छ। यस्तै ६८ औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ।