कक्षा १२ को नतिजा सार्वजनिक

३ लाख ९६ हजार १८५ विद्यार्थी उत्तीर्ण

जनसम्मत
भाद्र १७, २०७९, शुक्रबार

कक्षा १२ को नतिजा आज (शुक्रबार) दिउँसो सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ३ लाख ६३ हजार ८ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।

त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ। नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ ३ र आंशिकतर्फ २ जनाको परीक्षा रद्द भएको जनाइएको छ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए। देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा संचालन गरिएको थियो।

यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सिम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट ल्भ्द्य टाइप गरी १६०१ मा पठाउनुहोस्।

httpsM//neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ।