महेन्द्रपुलको हिमालयन गार्डेन मिनी मार्केट पनि नि:शुल्क सार्वजनिक शौचालय संचालनमा आयो

जनसम्मत
भाद्र १७, २०७९, शुक्रबार

पोखरा महानगरपालिका वडा नम्बर ४ ले सार्वजनिक शौचालय संचालन गरेको छ।

चिप्लेढुंगास्थित हिमालयन गार्डेन मिनी मार्केटसँगको सहकार्यमा गरेर वडा कार्यालयले सार्वजनिक शौचालय संचालनमा ल्याएको हो।

उक्त शौचालयको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली र वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानांगले शुक्रबार बिहान शुभारम्भ गरेका छन्। जनप्रतिनिधिको १०० दिन पुगेको उपलक्ष्यमा उक्त सेवा थालनी गरिएको हो।

शौचालयहरु आगामी दिनमा थप विस्तार गर्दै जाने वडाध्यक्ष पराजुलीले प्रतिबद्धता जनाए। पोखराको सिद्धार्थचोक र नालामुखमा छिट्टै शौचालय बनाउने उनको योजना छ। शौचालयमा आउने सेवाग्राहीका लागि भित्रै नि:शुल्क सवारी पार्किङकोसमेत व्यवस्था गरिएको वडाध्यक्ष पराजुलीले बताएका छन्।

हाल, तीन वटा शौचालयबाट शुभारम्भ गरिएकोमाा आगामी दिनमा थप विस्तार गरिने हिमालयन गार्डेन मिनी मार्केटका संचालक रतन कार्कीले बताए। उनकाअनुसार शौचालयको रेखदेख, मर्मत सम्भार र सरसफाइको काम वडा कार्यालयले गर्नेछ ।