गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीको दोहोरो जित

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय ह्याण्डबल छनोट प्रतियोगितामा कास्कीले दोहोरो जित हासिल गरेको छ।

पोखरा रंगशालाको ह्याण्डबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न फाइनल खेलमा महिला तथा पुरुषतर्फ बागलुङकै महिला तथा पुरुष टोलीमाथि कास्कीले जित हासिल गरेको हो।

महिलातर्फको ह्याण्डबल खेलमा कास्कीले बागलुङलाई २ का विरुद्ध १४ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। यसैगरी, पुरुषतर्फ कास्कीले बागलुङकै टोलीलाई ९–२६ को फराकिलो गोल अन्तरले पराजित गरेको हो।

केही दिनभित्रमै राष्ट्रिय खेलकुदका लागि प्रदेशको टोली घोषणा गरिने कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्रबहादुर थापाले बताएका छन्। प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ भने ४ जिल्लाको सहभागिता थियो।