नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट करातेमा कास्की च्याम्पियन

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट करातेमा प्रतियोगितामा कास्की जिल्ला टिम च्याम्पियन बनेको छ।
कास्कीले ८ स्वर्ण, २ रजत र २ कास्यसहित टिम च्याम्पियन बनेको सुवास खड्काले बताएका छन्।

त्यस्तै, स्याङजा १ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ उपविजेता र तनहुँ १ स्वर्ण, २ रजत र २ कास्यसहित तेस्रो हुन सफल बनेको छ।

सम्पन्न प्रतियोगितात पुरुष ४५ केजीतर्फ नारायण कार्की कास्की, ५० केजी कास्कीकै अनिश बुढामगर, ५५ केजीतर्फ पासाङ लामा पर्वत, ६० केजीमा मोसेस गुरुङ कास्की, ६५ केजीमा शिव भुजेल कास्की र खुलातर्फ रुपक नेपाली छनोट हुन सफल भएका छन्।

त्यस्तै, महिलातर्फ ४० केजी तौलमा पुष्प कुँवर स्याङजा, ४५ केजीमा मेनुका अधिकारी कास्की, ५० केजीमा सरगम कुमाल कास्की, ५५ केजीमा धनीराना मगर तनहुँ र खुलातर्फ मेरिना कुँवर छनोट भएका छन्। छनोट हुन सफल पुरुष खुलातर्फ रुपक नेपाली आठौंका स्वर्ण पदक विजेता हुन् भने महिलातर्फ सरगम आठौंकी रजत पदक विजेता हुन्।