नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय कबड्डीमा कास्कीलाई दोहोरो उपाधि

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय कबड्डीमा कास्कीले दोहोरो उपाधि दोहोरो उपाधि जितेको छ।
कास्कीले महिला र पुरुषतर्फ दुवैमा स्वर्ण पदक जित्दै दोहोरो उपाधि जितेको हो।

महिला कबड्डीतर्फ कास्कीले म्याग्दीलाई ४६ बिरुद्ध ६० अंकले जित हासिल गर्दै विजयी भयो भने बाग्लुङले गोर्खालाई १४ बिरुद्ध ५७ ले पाराजित गर्दै काश्य यदक जितेको छ।

यस्तै, पुरुष कबड्डीतर्फ कास्कीले तनहुँ लाई १६ का बिरुद्ध ६१ अंकले विजयी हुँदै स्वर्ण पदक प्राप्त गरेको छ भने कास्य पदक विजेता म्याग्दीले नवलपुरलाई ३४ का बिरुद्ध ५७ अंकका साथ तेस्रो बन्यो।