नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशबाट व्याडमिन्टनका खेलाडीहरु छानिए

कास्की, सितेरियो कराते टिम च्याम्पियन

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत व्याडमिन्टन खेलका लागि गण्डकी प्रदेशबाट खेलाडीहरु छनोट गरिएको छ।

गण्डकी प्रदेशस्तरीय खेलकुद प्रतियोगिताबाट खेलाडीहरु छानिएका हुन्।

आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टनतर्फ गण्डकी प्रदेशबाट ७ पुरुष र ५ महिला गरी १२ खेलाडी छनोट हुन सफल भएका छन्।

जसमध्ये पुरुषतर्फ कास्कीका विधान अधिकारी, विशाल खड्का, इशान खड्का, शम्भू श्रेष्ठ, भूगोल गुरुङ, सुजन थापा लम्जुङ र क्षितिज खनाल (नवलपुर) छन्। वैकल्पिकमा दिपक राना (स्याङजा) र स्पनन्दन श्रेष्ठ (तनहुँ) छन्।

त्यस्तै, महिलातर्फ दिलाशा राना (तनहुँ), तिलमाया राना (स्याङजा), शितल केसी (कास्की), यमकुमारी गुरुङ (कास्की) र प्रतिमा गुरुङ (पर्वत) छन्। वैकल्पिक खेलाडीमा मेनुका गुरुङ (पर्वत) र आयुष्मा नेपाल (कास्की) छन्।

कास्की, सितेरियो कराते टिम च्याम्पियन

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सितेरियो करातेतर्फ कास्की टिम च्याम्पियन बनेको छ।

कास्कीले ७ स्वर्णसहित टिम च्याम्पियन बनेको हो। त्यस्तै, गोरखा ३ स्वर्ण र ३ रजत सहित दोस्रो र ३ स्वर्ण र २ रजत सहित तनहुँ टिम तेस्रो बनेको छ।