खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थपिए

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थपिएका छन् ।

मञ्चको शनिबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको चौधौं बैठकले यो निर्णय गरेको हो।

मञ्चका महासचिव राजाराम पौडेलले दिएको जानकारी अनुसार सदस्य बन्नका लागि ३० जना पत्रकारले आवेदन दिएका थिए। उनीहरुमध्येबाट प्राप्त कागजातसहितको विवरण र सक्रियताको आधारमा १९ जना सदस्य छनोट गरिएको हो।

जसमध्ये अनुप पौडेल, कृष्णप्रसाद दवाडी, गीता राना, चेतबहादुर थापा ‘प्रविन’, धनबहादुर गुरुङ ‘सुमन’, परशुराम शर्मा, गोविन्द थापा सिञ्जाली, फडिन्द्र अकिञ्चन, बसबहादुर शेर्पा ‘बसन्त’, बालकुमारी पौडेल ‘तारा’, बिजय नेपाली, रिखिराम जिसी, राधिका कँडेल, राम गुरुङ, विमल तिवारी, शुसान्त गाहामगर ‘अर्जुन’, सञ्जयकुमार मल्ल, सञ्जय रानाभाट र सविन रेग्मी रहेको महासचिव पौडेलले जनाए।

नयाँ सदस्यताको लागि मञ्चले गत साउन २१ गतेबाट भदौ ४ गतेसम्म आवेदन खुल्ला गरेको थियो। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो। खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन भएको थियो। पछि २०७५ सालमा गण्डकी प्रदेशका खेलपत्रकारलाई समेट्ने उद्धेश्यले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी दर्ता भएको हो।

यसअगाडि मञ्चमा गण्डकी प्रदेशका ५५ जना पत्रकार आवद्ध भएकोमा अब मञ्चमा आवद्ध पत्रकारको संख्या ७४ पुगेको छ। मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ। गण्डकी प्रदेशको कास्की बाहेकका जिल्लाको लागि अर्को चरणमा सदस्यता प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए।