नवौं राष्ट्रिय खेलकुद : गण्डकीबाट तेक्वान्दोमा कास्की टिम च्याम्पियन

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

गण्डकी प्रदेशस्तरिय तेक्वान्दो ग्योरोगीतर्फ कास्की टिम च्याम्पियन भएको छ।

पोखरामा शनिबार सम्पन्न तेक्वान्दो पुम्सेतर्फ टिम च्याम्पियन र ग्योरोगीतर्फ उपविजेता हुँदै कास्की टिम च्याम्पियन भएको हो।

ग्यारोगीतर्फ पुरुषका ८ वटा विभिन्नमध्ये ५४ केजी मुनी तौलमा तनहुँका संगम परियारले स्वर्ण, म्याग्दीका दिपेश पुर्जाले रजत, गोरखाका अमृत विश्वकर्मा र बागलुङका महेन्द्र विकले कास्य पदक प्राप्त गरे। ५८ केजी तौल मुनी नवलपुरका हरिबहादुर परियार स्वर्ण, पर्वतका शुभम श्रेष्ठ रजत, म्याग्दीका रोहित पटेल र कास्कीका अमृत गुरुङले कास्य पदक हात पारे।

यसैगरी, पुरुष ६३ केजी मुनीको तौलमा पर्वतका प्रकाश माझीले स्वर्ण, कास्कीका राजकुमार चौधरीले रजत, नवलपुरका मनिष महतो र गोरखाका सजित खनखवासले कास्य पदक हात पारे। ६८ केजी तौल मुनी कास्कीका हेमन्त गुरुङले स्वर्ण, नवलपुरका राजन मल्ले रजत, वागलुङका दिलिप वि.क. र पर्वतका गणेश नेपालीले कास्य पदक हात पारेका छन्।

७४ केजी मुनीतर्फ पर्वतका शंकर पौडेलले स्वर्ण, कास्कीका दर्पण हमाल ठकुरीले रजत, नवलपुरका रियान कुमाल र म्याग्दीका क्रिपेश हमालले कास्य पदक हात पारे।

त्यसैगरी, ८० केजी तौल मुनी कास्कीका शकिल लामगादेले स्वर्ण, नवलपुरका सुरेन जेडीमगरले रजत, विमल पुन गोरखा र म्याग्दीका सुेन्द्र वर्देवाले कास्य पदक हात पारे। ८७ केजी मुनी तौलमा म्याग्दीका राजकुमार परियारले स्वर्ण, गोरखाका रुवास रानामगरले रजत, कास्कीका आविष्कार बस्ताकोटी र पर्वतका मिलन विकले कास्य पदक हात पारेका छन्। ८७ केजी तौलमाथि कास्कीका निरजबहादुर नेपालीले स्वर्ण, गोरखाका राम गुरुङले रजत, पर्वतका सन्तोष माझी र म्याग्दीका इक्कल रोकाले कास्य पदक हात पारे।

ग्यारोगीतर्फ महिला ४६ केजी मुनी पर्वतकी आस्था शर्माले स्वर्ण बाग्लुङकी रोजिना बिक, गोर्खाकी आकृती श्रेष्ठ र तनहूुँका महिमा लामाले काश्य पदक जितेका छन।

महिला ४९ केजी मुनी नवलपुरकी महिमा महतो स्वर्ण पदक जित्दा कास्की रजत अनिता परियार, बाग्लुङकी पमिशा थापा र गोर्खाकी मनिका थापामगरले कास्य पदक हात पारे।

महिला ५२ केजि मुनीका गोर्खाका पवित्रा बयलकोटीले स्वर्ण कास्कीकी मोनालिशा मल्लले रजत, बाग्लुङकी बुद्ध गुरुङ र पर्वतकी सोनिया माझी कास्य पदक जिते।

त्यस्तै, ५७ केजी तौल मुनी नवलपुरकी सोविता थापाले स्वर्ण म्याग्दीकी सोमा बुढामगर, पर्वतकी सदिक्षा माझी र गोर्खाकी विष्णु गुरुङले कास्य पदक जिते।

६२ केजी मुनी तौलमा कास्कीकी पार्वती श्रेष्ठले स्वर्ण, नवलपुरकी मुनु थापाले रजत बाग्लुङ दिश्ना नेपाली र म्याग्दीकी रंजिता तामाङले कास्य हात पारे।

महिला ६७ मुनी पर्वतकी स्मृती नेपालीले स्वर्ण, तनहुँकी देवी थापाले रजत, म्याग्दीकी सुस्मिता दर्जी र कास्कीका रोजना कार्कीले कास्य हात पारे।

७२ केजी मुनी तौलमा म्यादीका सिचन्द्र वर्देवाले स्वर्ण र पर्वतकी सुजता थापाले रजत ७२ केजीमाथि पर्वतकी सुस्मा सुनारले स्वर्ण म्याग्दीकी रंजिता तामाङले हात पारे।

यसैगरि, महिला टिम पुम्से कास्कीले ६.३ अंक प्रथम, म्याग्दीले ५.४ अंक प्राप्त गरि दोस्रो र बाग्लुङले ४.८ अंक प्राप्त गरि तेस्रो भएको छ।
पुरुष टिम पुम्सेतर्फ बाग्लुङ प्रथम, म्याग्दी दोस्रो र पर्वत तेस्रो भएको छ। जोडी पुम्सेतर्फ कास्की प्रथम, बाग्लुङ दोस्रो म्याग्दी र नवलपुर तेस्रो भएको छ। एकल पुम्से पुरुषतर्फ कास्की आयुष गुरुङ स्वर्ण बाग्लुङका युकेश थापामगरले रजत, म्याग्दीका प्रमोद परियार र नवलपुरका लक्की रानाले कास्य प्राप्त गरे।

महिला एकल पुम्सेतर्फ कास्कीकी अर्पणा अधिकारी स्वर्ण, नवलपुरकी कन्चन चौधरीले रजत बाग्लुङकी रञ्जना रम्जाली र कास्कीकी ईशा गर्भुजाले कास्य प्राप्त गरे।

पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, नेपाल तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङ, जिल्लाका अध्यक्ष कुमार गुरुङलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरे।