नवौं राष्ट्रिय खेलकुद: आइटीएफ तेक्वान्दोमा बागलुङ टिम च्याम्पियन

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बागलुङ जिल्ला टिम च्याम्पियन भएको छ।

पोखरामा सम्पन्न प्रतियोगिताम बागलुङले १७ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरी टिम च्याम्पियन भएको हो। यसैगरी, तनहुँ ४ स्वर्ण, १ रजत र ३ कास्य सहित दोश्रो र स्याङजा ३ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेश्रो भएको छ।

प्रतियोगिता अन्तर्गत महिला स्पाइरिङ ४० देखि ५९ केजी मुनीको तौलमा बागलुङका चार जना खेलाडीहरुले स्वर्ण पदक जितेका छन्। सुनिता भण्डारी, शुष्मिता थापामगर, हिहिला अदै, पल्पसा घर्तीमगरले स्वर्ण पदक जितेका हुन्। त्यस्तै, ६० देखि ६५ केजी तौलमाथि कास्कीकी निकिता तामाङ र तनहुँकी सोनिका थापाले स्वर्ण पदक जिते।

त्यस्तै, महिला प्याट्रनतर्फ तनहुँकी मोनिका कुँवर, बागलुङकी ललीकुमारी बुढामगर, सुनिता भण्डारी, शुष्मिता थापामगर र बसन्ती बुढामगरले स्वर्ण पदक जितेका छन्।

पुरुष स्पाइरिङतर्फ ४५ देखि ७९ केजीको विभिन्न तौलमा बागलुुङका खगेन्द्र घर्तीमगर, श्रीप्रसाद बुढामगर, प्रविन बुढामगर, एक्सन पुनमगर, प्रकाश बुढामगर, पञ्चबीर बुढामगर र मिथुन घर्तीमगरले स्वर्ण पदक जितेका छन् भने ८० देखि ८५ केजी तौलमाथिको प्रतिष्पर्धामा तनहुँका सोमबहादुर गुरुङ र स्याङ्जाका राजन रसाइलीले स्वर्ण पदक जितेका छन्।

पुरुष प्याट्रनतर्फ प्रतिष्पर्धामा स्याङजाका विभस घर्तीमगर र भीमबहादुर गाहाले स्वर्ण पदक हात पारेका छन्। त्यस्तै, बागलुङका प्रविन बुढा र श्रीप्रसाद बुढामगरले तथा तनहुँका गोपाल चन्दले स्वर्ण पदक जितेका छन्।