नवौं राष्ट्रिय खेलकुद: गण्डकीबाट फुटबलमा स्याङ्जा र नवलपुरको जित

जनसम्मत
भाद्र १९, २०७९, आइतबार

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय महिला फुटबलमा स्याङ्जा र पुरुष फुटबल तर्फ नवलपुरले जितेको छ ।

पोखरा रंगशालाको बी ग्राउन्डमा सम्पन्न खेलमा स्याङ्जाले कास्कीलाई ५–० गोल गर्दै स्याङ्जाले जित निकालेको हो।

स्याङ्जाको जितमा पुष्पा गुरुङले खेलको १२ औ मिनेटमा गोलको खाता खोलेकी थिइन्। त्यस्तै खेलको २२ औ मिनेटमा टिम क्यापटेन शुष्मा जिटीले गोल गर्दे गोल संख्या दोब्वर बनाइन्।

खेल अवधिभर कास्कीमाथि हावी भएको स्याङ्जाले प्रतियोगितको ३९ र ४० औ मिनेटमा सुक्रिया मियाँले २ गोल गरिन्। त्यस्तै, खेलको ४८ औ मिनेटमा पुष्पा गुरुङले आफ्नो टिमको लािग अर्को १ गोल थप्दै जित सुनिश्चित गरेकी थिइन्।

बिजयी खेलाडीहरुलाई एक कार्यक्रम बीच ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जितले बताए।

त्यसको लागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङको संयोजकत्वमा ५ सदस्य कोर टिम बनाएको गुरुङले जनाए।

पुरुष फुटबलमा नवपुरको जित

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेशस्तरिय पुरुष फुटबलमा भने नवलपुरले जित निकाल्यो।

पोखरा रंगशालामा सम्पन्न भएको पुरुष फुटबलको िप्रतिस्पर्धात्मक फाइनल खेलमा नवलपुरले लमजुङलाई १–० गोलको नतिजा निकाल्दै टिम च्याम्पियन बनेको हो।

नवलपुरको जितमा खेलको ४३ औ मिनेटमा टेकबहादुर पाटाले गोल गरे। निकै प्रतिस्पर्धात्मक खेलमा लमजुङले अन्तिमसम्म खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन। अन्तत: लमजुङले खेलको नजिता नवलपुरलाइलाई सुम्पन्न बाध्य बन्यो।