नवौं राष्ट्रिय खेलकुद: गण्डकीबाट बक्सिङतर्फको छनोट सकियो

जनसम्मत
भाद्र १९, २०७९, आइतबार

आगामी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि बक्सिङतर्फको गण्डकी प्रदेशस्तरिय छनोट प्रतियोगिता सकिएको छ।

पोखरामा भएको अन्तिम छनोट खेलमा विभिन्न तौल समुहमा महिला तथा पुरुष खेलाडीहरु छनौट भएका छन्।

जसमध्ये पुरुषतर्फ ४८ केजी तौल समूहमा दर्शन गुरुङ (कास्की), ५१ तौल समूहमा विपिन गुरुङ (तनहुँ ), ५४ केजी तौल समूहमा उपाश गुरुङ (नवलपुर), ५७ मा बुद्ध गुरुङ (गोरखा), ६० मा निश्चल गुरुङ (नवलपुर), ६३.५ केजी समूहमा सागर परियार (कास्की), ६७ मा सफल घर्तिमगर (नवलपुर ), ७१ निशान गुरुङ (नवलपुर), ८६ केजी तौल समूहमा किरण बि.क. (नवलपुर) र ९२ केजी तौल समूहमा ठुरा गुरुङ (कास्की) विजयी बनेका छन्।

त्यसैगरि, महिलातर्फ ५० केजी तौल समूहमा सोनिया बरुवाल (कास्की), ५२ मा मोनिका राना (कास्की), ५४ मा एलिना गर्बुजा (म्यादी) र ५४ केजी तौल समूहमा रमिशा श्रेष्ठ (कास्की) छनोट भएका छन्। प्रदेशस्तरमा छनोट भएको उक्त खेलाडीहरुले आगामी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।