तनहुँ–२ प्रदेशसभा (क) मा माओवादी केन्द्रबाट ७ जनाको दावी

जनसम्मत
भाद्र १९, २०७९, आइतबार

आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँ–२ बाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका आकांक्षी उमेदवारबारे छलफल चलाइएको छ।

हालैमात्र तनहुँको दुलेगौंडामा बसेको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभा क्षेत्र नं. २, क्षेत्रीय समन्वय समितिको बैठकले सम्भावित उमेदवारबारे छलफल चलाएको हो।

बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ आशा कोइरालाले र समानुपातिकमा शम्भुबहादुर अधिकारीले उमेदवारी दावी गरेका छन्।

यसैगरी, प्रदेश सभा सदस्य उमेदवारमा तनहुँ–२ (क) मा ओेमराज आले ‘मदन’ सोमबहादुर थापा ‘एस्बीु’ मदन पौडेल, मुक्ति सिग्देल, राजेन्द्रकेशरी न्यौपाने, अतिन्द्रकेशरी न्यौपाने र विकास श्रेष्ठले दावी गरेका छन्।

यस्तै, प्रदेश सभा २ ‘ख’बाट प्रत्यक्षतर्फ देवीकुमारी बुर्जाले उमेदवारी दावी गरेकी छन्। यस्तै, प्रदेश सभाको समानुपातिकतर्फ दलितबाट डिलबहादुर नेपाली, जनजातिबाट रामबहादुर थापा, महिलाबाट सर्वदा खनाल, खस/आर्यबाट ईन्द्रबहादुर अधिकारीले उमेदवारी दावी गरेका छन्।