तनहुँ १ मा एमालेबाट एकबहादुर राना सर्वसम्मत सिफारिस

जनसम्मत
भाद्र १९, २०७९, आइतबार

आगामी मंसीर ४ गते हुने निर्वाचनमा तनहुँ–१ बाट नेकपा एमालेका एकबहादुर रानालाई सर्वसम्मत सिफारिस गरिएको छ ।

एमालेको तनहुँ –१ क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले रानामगरलाई सर्वसम्मतरुपमा उम्मेदवार बनाउने निर्णय गरेको तनहुँ एमाले श्रोतले बताएको छ ।

यस्तै, प्रदेशसभाका लागि तनहुँ –१ (क) बाट कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, रामबहादुर गुरुङ, प्रदीपराज अधिकारी, मायानाथ कोइराला, प्रेमकुमार राना र कला ढकाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, तनहुँ–१ (ख) प्रदेशसभाका लागि इन्द्रबहादुर कुँवर, अम्मर भण्डारी, बिन्दु बस्नेत, काशीराम भट्टराई, बाबुराम अधिकारी, अनिल पाण्डे र रत्नकुमार श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ ।