कास्की ३ मा एमालेबाट ९ जना सिफारिस

जनसम्मत
भाद्र २०, २०७९, सोमबार

कास्की ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट सांसद जगत विश्वकर्मासहित ९ जनाको नाम सिफारिस गरिएको छ ।

विश्वकर्मासहित देवीप्रसाद सुवेदी, गणेशमान गुरुङ, पुण्यप्रसाद पौडेल, जगन्नाथ बास्तोला, सुरेन्दमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम सिफारिस भएको एमाले कास्कीले जनाएको छ।

विश्वकर्मा २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै सांसद बनेका थिए।