बागलुङ काँग्रेसबाट प्रतिनिधिसभातर्फ २० जना सिफारिस

प्रतिनिधिसभा समानुपातिकतर्फ ४ र प्रदेशसभा–१ (क) को प्रत्यक्ष र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस

जनसम्मत
भाद्र २०, २०७९, सोमबार

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङले प्रतिनिधि सभा र प्रदेश सभाका लागि संभावित उम्मेदवादहरु सिफारिस गरेको छ।

नेपाली काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नम्वर १ तर्फ १० जनाको नाम सिफारिस गरेको छ। त्यस्तै, प्रदेशसभा क्षेत्र नम्वर १ ‘क’ तर्फ १६ जनाको नाम सिफारिस गरेको बागलुङ काँग्रेस श्रोतले जनाएको छ।

प्रतिनिधिसभातर्फ डिल्लीराम सुवेदी, भीम श्रीस, किरण पौडेल, मणिभद्र शर्मा कँडेल, चम्पादेवी खड्का, प्रकाश पौडेल, जगदिशचन्द्र उपाध्याय, दीपेन्द्रबहादुर थापा, चिरञ्जीवी गौतम र लक्ष्मीदेवी जिसी कार्कीको नाम सिफारिस गरेको छ।

त्यसैगरी, क्षेत्र नम्वर २ प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरवबहादुर देउवा पत्नी डा. आरजु राणासहित १० जनाको संभावित नामहरु सिफारिस गरेको छ। उम्मेदवार सिफारिस हुनेमा जिल्ला सभापति जितबहादुर शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवी प्रकाश भट्टचन, दोर्णकुमार कुवँर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य र सिंहबहादुर राना छन्।

समानुपातिकतर्फ तारानाथ पौडेल, तुलासिँह घर्ती, देवीप्रकाश भट्टचन र रेणुका काउचामगरलाई सिफारिस गरेको बागलुङ काँग्रेस श्रोतले बताएको छ। काँग्रेसले बागलुङ क्षेत्र नम्वर १ प्रदेशसभा ‘क’ तर्फ प्रत्यक्ष र समानुपातिक गरि १६ जनाको नाम सिफारिस गरेको छ।