पत्रकार कमल पौडेल ‘अथक’ लाई पोखरा यातायात पत्रकारिता पुरस्कार

जनसम्मत
भाद्र १९, २०७९, आइतबार

पोखराका पत्रकार कमल पौडेल ‘अथक’ पोखरा यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन्।

पोखरा यातायात प्रालिको चौथो साधारणसभाको अवसरमा ‘अथक’लाई सो पुरस्कार प्रदान गरिएको हो।

पुरस्कारको राशी नगद २५ हजार रुपैया नगद, दोसल्ला र सम्मान पत्र रहेको छ। ‘अथक’ विगत २ दशकभन्दा बढी पोखराको पत्रकारितामा कृयाशील छन्। रेडियो, पत्रिका, टेलिभिजनमा लामो समयसम्म काम गरेका अथक हाल समयदृष्टि अनलाइनको सम्पादक तथा रेडियो सराङकोटका समाचार प्रमुख छन्। हाल, उनी नेपाल पत्रकार महासंघको राष्टिय परिषद सदस्य समेत हुन्।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले ‘अथक’ लाई पुरस्कार प्रदान गरेका हुन्। पुरस्कृत भएपछि पत्रकार अथकले पुरस्कारले पत्रकारितामा थप जिम्मेवारी थपिएको बताए। आगामी दिनमा कलम र आवाज थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

सो अवसरमा प्रा.लि.ले महिला सहचालकहरु जुना गुरुङ, सोना अधिकारी, पुष्पा नकर्मी र दुर्गा भूजेललाई समेत सम्मान गरेको छ।

त्यसैगरी, असल चालकमा गोकुलप्रसाद चौलागाइँ, उत्कृष्ट कर्मचारीमा लक्ष्मीकान्त ढकाल र व्यवसायी खड्गवहादुर गुरुङलाई सम्मान गरेको छ।