साफ यु–१७ च्याम्पियनसीप: भारतको विजयी सुरुवात

जनसम्मत
भाद्र २०, २०७९, सोमबार

भारतले श्रीलंकामा सोमबारदेखि सुरु भएको साफ यु–१७ च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ।

कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा भएको उद्घाटन खेलमा भारतले भुटानलाई ३–० गोलले हरायो।

भारतको जितमा थंगालसोनु गांगटेले २ र कप्तान भनलापिका ग्वेटेले १ गोल गरे। पहिलो हाफमा २ गोल गरेको भारतले दोस्रो हाफको १ गोल थपेको हो। जितसँगै समूह ‘बी’ मा रहेको भारतले ३ अंक बनाएको छ। यस समूहमा नेपाल पनि रहेको छ।

नेपालले पहिलो खेल भुटानसँग बुधबार खेल्नेछ। ६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छ। समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल सेप्टेम्बर १४ तारिख हुनेछ।