शिक्षामन्त्री पौडेल बागलुङका २ वटै क्षेत्रबाट सिफारिस

जनसम्मत
भाद्र २०, २०७९, सोमबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका २ वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन्।

मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए। उनको स्थायी घर बागलुङ क्षेत्र नम्बर– १ मा पर्दछ।

बागलुङ क्षेत्र नम्बर–१ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम सिफारिस गरिएको सो बागलुङ माओवादी केन्द्र श्रोतले बताएको छ।

यस्तै, बागलुङ क्षेत्र नम्बर–२ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाको नाम सिफारिस गरिएको छ।

प्रदेशसभाका सदस्यहरूको नाम सिफारिस गर्न छलफल भइरहे छ। बागलुङमा २ प्रतिनिधिसभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र छन्।