महिला साफ च्याम्पियनसीप : नेपालले भुटानलाई ४–० ले हरायो

जनसम्मत
भाद्र २१, २०७९, मंगलवार

घरेलु नेपालले महिला साफ च्याम्पियनसीप फुटबलमा भुटानलाई ४–० हराएको छ।

उद्घाटन खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको हो ।

नेपालका लागि साबित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेत चम्कदाँ भुटानमाथि सहज जित निकाल्न संभव बन्यो।
उनीहरुले २२ गोल गरे।

नेपालले पहिलो हाफमा १ गोल गरेको थियो। मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप ३ गोल गर्न सफल बन्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (मंगलबार) भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले पहिलो गोल गरिन्। उनले खेलको १२ औं मिनेटमा अमिषा कार्कीको पासमा गोल गरेकी हुन्। वर्षाका कारण खेल केही समय प्रभावित बनेको थियो।

मध्यान्तरपछिको खेलमा नेपालले थप ३ गोल थप्यो। मध्यान्तरपछि सावित्रा भण्डारीले १ र अनिता बस्नेतले २ गोल गरे। भण्डारीले खेलको ६७ औं मिनेटमा र अनिताले खेलको ७३ औं र ८४औं मिनेटमा गोल गरिन्।

नेपालले अब भदौको २८ गते श्रीलंकासँग खेल्नेछ।

साफ च्याम्पियनसीपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन्। सहभागी ७ वटै राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलंका र भुटान छन्।

‘साम्बा’ को ४० खेलमा ४० गोल

नेपाली महिला राष्ट्रिय टाेलीकी ‘गाेल मेशिन’ सावित्रा भण्डारीले गाेल सङ्ख्या ४० पुर्‍याएकी छिन्। साफ महिला च्याम्पियनशिप अन्तर्गत भुटानसँगकाे खेलमा दुई गाेल गर्दै उनले याे उपलब्धि हासिल गरेकी हुन्। याेसँगै उनले ४० औँ खेलमा ४० ‍औँ गाेल पुर्‍याएकी छिन्।