ढुक्क हुनुहोस, पोखरामा अब ‘ढुक्क’ एपमार्फत् होम सर्भिस र डेलिभरी सेवा पाइन्छ

जनसम्मत
भाद्र २०, २०७९, सोमबार

पोखरामा होम सर्भिस र डेलिभरीको एप नेटवर्क संचालनमा आएको छ।

एचटी मल्टिप्रपोज प्रालिले संचालनमा ल्याएको ‘ढुक्क’ एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवा पाउन सकिन्छ।

कम्पनीले पत्रकार सम्मेलन गरेर पोखरा लगायत काठमाण्डौं र चितवनमा ‘ढुक्क’ एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवा पाउन सकिने जनाएको छ।

एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवाको साथै स्मार्ट मोटरसाइकल ग्यारेज सर्भिस, संपूर्ण घरायसी मर्मत सुबिधाका सेवाहरु पाउन सकिने कम्पनीका प्रवन्ध निर्देशक सुजन अर्यालले जनाए।

राइड सेयरिङ, हालको निमित्त ट्याक्सी र निकट भविष्यमा बाईक राइडिङमा पनि सेवा प्रदान गर्ने अर्यालले बताए। हाल, काठमाडौमा बाइक राइडिङ पोखरामा बाइक तथा ट्याक्सी बुकिङ सुविधा भैरहेको र चितवन लगायतका अन्य सहरहरुमा अटो रिक्सा बुकिङ सुबिधा रहेको अर्यालको भनाई छ।

अर्यालका अनुसार रुटको आधारमा राइड सुबिधा छान्न सकिने हुँदा यात्रु र चालकलाई सुबिधा हुनेछ। ‘ढुक्क’ एप तथा कम्पनीबारे जानकारी गराउँदै अर्यालले भने, ‘डेलिभरी सर्भिस पनि उपलब्ध रहेको र डेलिभरीको लागि बाइक, कार्गो भ्यान, मिनि ट्रक र पिक–अप ट्रकमार्फत सेवा दिने र नेपालमै बनेको मोबाइल एप हालको लागि गुगल प्ले स्टोरमा उपलब्ध हुनेछ।’