१२ अंकले राताम्मे बन्यो नेप्से परिसूचक

जनसम्मत
भाद्र २२, २०७९, बुधबार

शेयर बजार (नेप्से) बुधबार पनि ओरालो लागेको छ।

शेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर १ हजार ९३९ दशमलव ८८ बिन्दुमा झरेको छ।

नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ। बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ।

२२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल दूरसंचार कम्पनीको ५ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

त्यस्तै, प्राइम डिबेन्चरको सेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर ५ प्रतिशतले घटेको छ।

समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको शेयर साढे ७ प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ।