काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समिति बन्यो, संयोजकमा महामन्त्री शर्मा

जनसम्मत
भाद्र २२, २०७९, बुधबार

नेपाली काँग्रेसले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ।

जसको महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको हो।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा शर्मालाई नियुक्त गरेका हुन्।