साफ महिला च्याम्पियनसीपस् माल्दिभ्समाथि बंगलादेशको सहज जित

जनसम्मत
भाद्र २२, २०७९, बुधबार

काठमाडौंमा जारी महिला साफ च्याम्पियनसीपमा बंगलादेश माल्दिभ्सबिरूद्धको खेलको पहिलो हाफमा ३–० गोलको जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार जारी खेलको सुरुआतदेखि माल्दिभ्समाथि दबाब दिएको बंगलादेशका लागि सबिना खातुनले २ गोल गरिन् ।

त्यस्तै, अर्को गोल मासुर प्राबिनले गरिन्। ३३ औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो।

बंगलादेशकी सबिना खातुनले करिब ३० यार्ड टाढाबाट गरेको प्रहारलाई माल्दिभ्सकी गोलरक्षकले बचाउन सकिनन्।

त्यसलगतै बंगलादेशले अग्रता दोब्बर बनायो। उसका लागि मासुर प्राविनले गोल गरिन्।

सविनाले नै ४० औं मिनेटमा बंगलादेशको लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गरिन्।

अन्ततः पहिलो हाफमै निकालेको ३ गोलको नतिजा नै बंगलादेशका लागि पर्याप्त बन्यो।