सर्वोच्चमा ३ न्यायाधीश सिफारिस

जनसम्मत
भाद्र २२, २०७९, बुधबार

न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त ३ न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषद्को बैठकले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका डीएन पराजुलीलाई सिफारिस गरेको हो।

उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश विनोद शर्मा र नेपाल ल क्याम्पसका प्रमुख डीन (दिनानाथ) पराजुली न्यायाधीशमा सिफारिस भएका हुन्। पौडेलले पछिल्लोपटक वरिष्ठ अधिवक्ताको उपाधिसमेत पाएका छन्। सिफारिस भएका सबैको संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ।

नीता गौतम ०६६ मंसीरबाट न्याय सेवामा प्रवेश गरेकी हुन्। उनी १२ माघ ०७७ मा उच्चको मुख्य न्यायाधीश पदमा नियुक्त भएकी थिइन्। उनीभन्दा वरिष्ठताको क्रममा अघि रहेका नृपध्वज निरौला भने यसपटक सर्वोच्च आउन पाएनन्। न्यायाधीश विनोद शर्मा ०४५ मा न्याय सेवा प्रवेश गरी ०६६ मा न्यायाधीश नियुक्त भएका हुन्। पराजुलीले ०५० चैतमा अधिवक्ताको लाइसेन्स पाएका हुन्।

हाल सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जनाको दरबन्दी रहेकोमा १८ जना मात्र कार्यरत छन्। प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सम्हालेका छन्। २ न्यायाधीश रिक्त छन् भने एउटा पद निलम्बनमा छ। १ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग दर्ता भएपछि उनी निलम्बनमा छन्।