८ सयले बढ्यो सुनको मूल्य

जनसम्मत
भाद्र २३, २०७९, बिहीवार

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।

अघिल्लो दिन (बुधबार) प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कायम भएको छ।

चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ।