२ अंकले घट्यो नेप्से परिसूचक

जनसम्मत
भाद्र २३, २०७९, बिहीवार

साताको पाँचौँ कारोबार दिन (बिहीबार) सेयर बजार झिनो अंकले घटेको छ।

यस दिन सेयर बजार नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ बिन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इन्डेक्स समेत ०.५४ अंकले घटेर ३७६.८४ बिन्दुमा ओर्लिएको छ।

यस दिन १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६ सय रुपैयाँमा ३४ लाख १ हजार ६ सय ९२ कित्ता सेयर कारोबार भएको छ।

यस दिन १३ वटा समूहगत सूचक मध्ये ७ वटा समूहको सूचक घटेका छन्। होटेल, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा र लगानी समूहको सूचक यस दिन उकालो लागेका छन्।

यस दिन ११७ वटा कम्पनीको सेयर मूल्य बढेको छ। ६१ वटा कम्पनीको मूल्य घटेको छ।