बेलायती महारानी एलिजाबेथ द्वितीयको स्वर्गारोहण

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ।

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ।

बकिंघम प्यालेसले रानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्वक मृत्यु भएको जनाएको छ।

यसअघि, महारानी एलिजाबेथ स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा थिइन् । चिकित्सकहरूले एलिजाबेथको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उनलाई अस्पतालमा राखिएको बकिंघम प्यालेसले बिहीबार नै जनाएको थियो ।

महारानीको स्वर्गवास भएको खबर पाउन साथ बेलायतमा शोक छाएको छ । बकिंघम राजदरबारमा अहिले ठूलो भीड जम्मा भएको छ ।

बीबीसी