चाल्र्सले राष्ट्रका नाममा सम्बोधन गर्ने

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

भर्खरै पद सम्हालेकी नयाँ प्रधानमन्त्री लिज ट्रस (जसलाई रानीले मंगलबार नियुक्त गरेकी थिइन्)ले ‘आधुनिक बेलायत चट्टानमाथि निर्माण भएको’ व्याख्या गरेकी छन्।

जसमा महारानी एलिजावेथको ठूलो योगदान मानिन्छ।

महारानीको मृत्युपछि नागरिकले उनको निवासमा श्रद्धाञ्जलि दिँदै फूल छोडेका छन् भने गिर्जाघर तथा बकिंघन दरबारअगाडि श्रद्धाञ्जलि दिनेको घुइँचो छ।

उनको निधनपछि उनका जेठा छोरा चाल्र्स अब राजा चाल्र्स तृतीय उत्तराधिकारी बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बन्दैछन्। चाल्र्सले राष्ट्रप्रमुखका रुपमा राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।

एजेन्सी