बेलायत शोकमा डुब्यो

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

बेलायतको राजदरबार बकिंघम प्यालेसअगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन् । केहीले आधा झण्डा झुकेको दरबारको तस्बीर खिचिरहेका छन्।

महारानी एलिजाबेथको मृत्युको सूचना बकिंघम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गएराती बाल्मोरलमा निधन भएको थियो। उनले ७० वर्षसम्म बेलायतको नेतृत्व गरिन्।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन्।

एजेन्सी