नेपालले बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउँदै

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालले ३ दिन शोक मनाउने भएको छ ।

मन्त्रिपरिषद्को आज (शुक्रवार) बसेको बैठकले बेलायती महारानीको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा ३ दिन शोक मनाउने निर्णय गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भदौ २५ देखि २७ गतेसम्म ३ दिन शोक मनाउने निर्णय गरेको हो। यस्तै, बैठकले ३ दिन नेपालभरका सरकारी कार्यालय, विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाको हिँजो (बिहीवार) राति स्कटल्यान्डको बालमोरल दरबारमा ९६ वर्षको उमेरमा निधन भएको थियो।