चितवनबाटै चुनाव लड्ने हो, जित पनि सुनिश्चित छ : प्रचण्ड

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन्।

प्रेस सेन्टर कास्कीले पोखरामा आज (शुक्रबार) बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू चितवनबाटै चुनाव लड्ने र जित पनि सुनिश्चित रहेको दाबी समेत गरे।

उनले भने, ‘मलाई विभिन्न जिल्लाबाट अन्य पार्टीका साथीहरुले पनि आइदिनुपर्‍यो भन्नुभभएको छ। काँग्रेसका नेताले गोरखा आइदिनुपर्‍यो भन्नुभयो । तर, म अहिले चितवनबाटै लड्छु। चितवनका जनता, चेतना र भावनाप्रति मेरो विश्वास पनि छ। गठबन्धन पनि छ। जित सुनिश्चित छ।’

उनले आफू चितवनभन्दा बाहिरबाट लड्दा सन्देश नराम्रो जाने बताए।

‘चितवन छाड्दा सन्देश राम्रो जाँदैन। अन्त चुनाव लड्दा कहिँ न कहिँ नकारात्मक सन्देश जान्छ। चितवनमा जित्छु भन्नेमा पूर्ण विश्वासमा छु। हुन त म फरक फरक ठाउँबाट चुनाव लडेँ। प्रचण्ड देशभरिका जनताको लागि हो भन्ने सन्देश दिनु थियो,’ उनले स्पष्ट पारे।