अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जनसम्मत
वैशाख २८, २०७६, शनिबार

पोखरा । नेपाल अपाङ्ग समाज सेवा संघद्धारा अपाङ्गता भएका २० जना विद्यार्थीहरुलाई शैैक्षिक सामग्री वितरण गरेको छ ।

पोखरा–९, शान्ति बन बाटिकास्थित संघको कार्यलय परिसरमा आयोजित कार्यक्रममा झोला, विद्यालय पोशाक, कपी, कलमलगायतको शैक्षिक सामग्री वितरण गरेको हो ।

प्रमुख अतिथि पोखरा–९ का वडा अध्यक्ष रामराज लामिछानेले अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरे । अपाङ्गता भएका विद्यार्थीहरुको पुनस्र्र्थापना र सशक्तिकरणका लागि वडाले संघलाई एक लाख रुपैयाँ सहयोग गरेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामराज लामिछानेले पोखराको ९ नं वडालाई बालमैत्री र अपाङ्गतामैत्री वडाका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । अपाङ्गता भएका बालबालिकाहरुलाई वडाले सहयोग पु¥याउँदै आएको वडा अध्यक्ष लामिछानेको भनाई थियो । उनले वडाभित्र रहेको अपाङ्गता भएका बालबालिकालाई वडाले छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गरे ।