१०० रुपैयाँले बढ्यो सुनको मूल्य

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (बिहीबार)को तुलनामा आज सुन प्रतितोला १ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो।

अघिल्लो दिन (बिहीबार) प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुन शुक्रबार ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई छ। बिहीबार ९३ हजार ३ सय रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज ९३ हजार ४ सय रुपैयाँ छ।

यता, चाँदी भने प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार हुनेछ। अघिल्लो दिन (बिहीबार) १ हजार १ सय ३५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेको महासंघले जनाएको छ।