आइपीओ निष्कासन गर्न २ कम्पनीले दिए सेबोनमा निवेदन

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

साधारण सेयर (आइपीओ) निष्कासन गर्न २ वटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन्।

सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन्।

सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेड

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५४ लाख ८८ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

माइखोला हाइड्रोपावर कम्पनी लिमिटेड

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख २१ हजार ५ सय ६८ कित्ता कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।