डोटीमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

जनसम्मत
भाद्र २५, २०७९, शनिबार

डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घांगलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार गरिएको हो।

बिहीवार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिएकी थिइन्। उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरवप्रसाद गण डोटीका गणपति तथा प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिए।

यसैगरी, जिल्लाको सायल गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरूलाई विभिन्न समयमा हेलिकप्टरमार्फत उद्धार गर्ने गरिएको छ।