अल्कारेजले जिते युएस ओपन

जनसम्मत
भाद्र २७, २०७९, सोमबार

कार्लोस अल्कारेजले पहिलो ग्राण्डस्लाम (युएस ओपन) जितेका छन्।

सोमबार विहान भएको फाइनल खेलमा कास्पर रड्डलाई निराश पार्दै अल्कारेजले उपाधि जितेका हुन्।

अल्कारेजको यो पहिलो ग्रान्ड स्लाम हो। अल्कारेजले ६–४,२–६,७–६ ९७–१०,६–३ को जित निकाले।

यससँगै, अल्कारेजले विश्व वरीयताको शीर्ष स्थानसमेत पक्का गरेका छन्। १९ वर्षका अल्कारेज पिट साम्प्रासपछि ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छो खेलाडीसमेत बनेका छन्।